अन्तर्राष्ट्रिय नर्सेस डेको उपलक्ष्यमा नेपाल मेडिसिटी अस्पतालले सप्ताहव्यापी कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको छ ।
नेपाल मेडिसिटीका करिब ३ सय नर्स तथा स्वास्थ्यकर्मीहरुले नख्खुदेखि पाटनस्थित कृष्ण मन्दिरसम्म वाकाथनमा सहभागी भएका छन्। वाकाथनमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको समेत सहभागिता रहेको थियो।
अस्पतालले नर्सहरुलाई जहिले उच्च प्राथमिकता दिएको र उनीहरुको सेवामा गुणस्तरीयता ल्याउन आफूहरु लागी परेको अस्तपालमा अध्यक्ष डा महतोले बताए। नर्सहरुले विरामीप्रति गर्ने व्यवहार तथा उनीहरुको निरन्तर ज्ञान र सीपको परिमार्जनले कुनै पनि अस्पतालको गुणस्तरीयतालाई मापन गर्ने उनले बताए।