मुख्य समाचार

स्टोर रुममा लगेर बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

स्वास्थ्यखबर

उपचारको बहानामा किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन्। भोजपुरको टक्सार कोटडाँडास्थित आयुर्वेदिक औषधालयमा कार्यरत आयुर्वेदिक हेल्थ एसिसटेन्ट ३२ वर्षीय शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो। साह सरकारी कर्मचारी हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र कार्कीका अनुसार पीडित किशोरी तल्लो पेट दुखेको भन्दै सोमबार सो औषधालयमा उपचारका लागि फुपू दिदीसँग गएकी थिइन्। उपचारका नाममा सर्ट तथा पाइन्ट खोल्न लगाएर यौनांगहरु खेलाएको किशोरीको भनाइ छ। प्रतिवाद गर्दा कपालमा समाताएर बलात्कार प्रयास गरेको र आफू बल्लतल्ल भागेको भन्दै उनले जाहेरी दिएकी छिन्। 

औषधालयबाट भागेपछि घरमा गएर उनले आमालाई बताएकी थिइन्। आमाले प्रहरीमा उजुरी दिएपछि साह सोमबार नै पक्राउ परेका छन्।

पक्राउ परेपछि साहले तल्लो पेट दुखेको उपचारका लागि छाती र तल्लो पेट थिचेको स्वीकारेका छन्। तर, युवतीले आफ्नो अन्डरवेयर समेत खोल्न लगाई बलात्कार प्रयास गरेको बताएकी छिन्। पक्राउ परेका साहलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरी निरीक्षक कार्कीले बताए।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live