भेरी अञ्चल अस्पतालकी वरिष्ठ हाउस किपिङ निरीक्षक शोभा कुमारी पौडेललार्इ भ्रष्टाषचार मुद्दा दायर गरिएको छ । विहीबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर सुरु गरेको आरोप उनीमाथि लागेको छ। उनका शैक्षिक योग्यताका प्रमाण-पत्रहरु उपर छानबिन गर्न दिइएको उजुरीमाथि अख्तियार अनुसन्धान दुरुपयोग आयोगले छानविन गरेको थियो।
उनले माध्यामिक शिक्षा परिषद, उत्तर प्रदेश भारत अन्तर्गतको गभरमेन्ट गर्ल्स इन्टर कलेज बहराइचबाट आई.ए तह पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सेवा प्रवेश बताइएको छ ।
नक्कली प्रमाण पत्र पेश गरी लाभ लिएको भन्दै उनले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसूर गरेको देखिएको आयोगले जनाएको छ।
उनलार्इ छ महिनादेखि एक बर्षसम्म कैद र दश हजार रूपियाँ देखि बीस हजार रूपियाँसम्म जरिवाना हुने मागदावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।