विभिन्न अस्पतालका ४५ जना प्रतिनिधिलाई व्यवहारिक शिक्षा प्रदान गरिएको छ। स्वास्थ्य संस्थामा आउने सेवाग्राहीसँग गरिने व्यवहार अर्थात् ‘कस्टुमर केयर एन्ड रिलेसनसीप म्यानेजमेन्ट इन हेल्थ केयर इच्टिच्युट’ विषयमा शनिवार निजामति कर्मचारी अस्पतालमा उक्त शिक्षा दिइएको हो।
स्वास्थ्य तथा सचेतनाका लगि सहयोगी नेपाल (हेन्ड नेपाल)ले एकदिने कार्यशाला गोष्ठी गरी उक्त सीप सिकाइएको हो । हेन्ड नेपालका हिम्मत सिंह लेकालीले उक्त शिक्षाको महत्व र तरिकाबारे जानकारी गराएका थिए। उनले भने, ‘आफ्नो पेशाप्रति स्वास्थ्य क्षेत्रका मानिसले मन, बचन र कर्मले लगनशील भएर लाग्ने हो भने कठिन अवस्थासँग लड्न सकिन्छ।’
निजामति अस्पतालका चिकित्सक एवम् पूर्व कार्यकारी निर्देशक डा बिमल कुमार थापा र विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सम्बन्धित विषयमा थप अनुभव बताउनुका सार्थ हौसला प्रदान गरेका थिए ।