उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका थाइल्याण्ड लगिने भएको छ ।
केही दिनदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि थप उपचारका लागि रिफर गरिएको हो । आइतबार दिउँसो साढे एक बजेको उडानबाट थाइल्याण्ड लगिने तय भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ।
टाउकोको पछिल्लो भागमा निकै दुखार्इ भएपछि उनी जेठ २ गते अस्पताल भर्ना भएका थिए। उनलार्इ नर्भिकका नशारोग विशेषज्ञ डा पंकज जलान र डा जेपी जैशवालले उपचार गरिरहेका थिए । थाइल्याण्डको बुम्रुङगार्ड अस्पतालमा उनको थप उपचार हुने भएको हो ।
भनिएकै समयमा उपचार प्रक्रिय सकिए १२ जेठमा नेपाल आइपुग्ने मिति तय गरिएको छ।