स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १३ जनाको सरुवा गरेको छ । सरुवा हुनेमा दशौं तहका ११ र नवौं तशका दुई रहेका छन्।
दशौं तहका राजकुमार पोखरेल स्वाथ्य सेवा विभाग टेकुबाट जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा सरुवा भएका छन् । उनको ठाउँमा गोरखाबाट केदार पराजुली ल्याइएका छन् ।
जनस्वास्थ्यय कार्यालय नवलपुरमा कार्यरत शम्भु ज्ञवाली स्वास्थ्य सेवा विभाग टेकु सरुवा गरिएका छन् । उनको ठाउँमा स्वास्थ्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका नवौं तहका भीम प्रसाद सापकोटालाई सरुवा गरिएको छ।
कृष्ण बहादुर चन्द स्वास्थ्य सेवा विभागबाट जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर पुगेका छन् । भक्तपुरमा कार्यरत केशवराज पण्डित जिल्ला जनस्वास्थ्य कार्यालय जिल्ला जनस्वास्थ्य कार्यालय दाङ पुगेका छन् । दाङमा कार्यरत घनश्याम पोखरेल स्वास्थ्य सेवा विभाग सरुवा भएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका मुकुन्द गौतम स्वास्थ्य सेवा विभाग टेकु आएका छन् । यसैगरी इलामको जिल्ला जनस्वास्थ्य कार्यालमा कार्यरत जीवन कुमार मल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएका छन् । उनको ठाउँमा मन्त्रालयबाट सागर दाहाल सरुवा भएर पुगेका छन्।
राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्र टेकुबाट कुञ्ज प्रसाद जोशी क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र सुर्खेत पठाइएका छन् । यसैगरी नवौं तहका डा पुरुषोत्तम राज सेढाई पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट राष्ट्रि एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु सरुवा भएका छन् ।