बैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परिक्षणमा सिन्डिकेट कायम गरी ठगी गर्ने मेडिकल सञ्चालकहरु पक्राउ पर्न थालेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौंका विभिन्न मेडिकल सञ्चालकहरुलाई पक्राउ गरेको हो।
ज्ञानेश्वरस्थित वान स्टप सेन्टरका सञ्चालक रामप्रसाद श्रेष्ठ तथा गैरीधारास्थित मञ्जुश्री मेडिकलका सञ्चालक मिनी तिवारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए। ठगी गर्ने अन्यहरुकाे पनि खोजी भइरहेको उनले बताए।
बायोमेट्रिक प्रणालीका नाममा मलेसिया जाने कामदार २९ वटा मेडिकलले मात्र स्वास्थ्य परिक्षण गर्न पाउने सिन्डिकेट खडा गरिएको थियो।
श्रम मन्त्री गोकर्ण बिष्टले केही दिनअघि मात्र बायोमेट्रिक प्रणाली खारेज गरेका थिए। ठगी गर्नेहरुलाई कारबाहीक गर्ने समेत बताएका थिए। सोही अनुसार प्रहरीलाई पत्राचार गरी पक्राउ गराएका हुन्।