राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ।
केही हप्तायता धापासीको ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपराह्न मेदान्त अस्पताल लगिएको हो।
घिमिरेसँगै एक जना चिकित्सक र उनका छोरा पनि दिल्ली गएका छन्।
अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा अखिलेश कश्यप, ओम मूर्ति अनिल लगायतका डाक्टरहरुको टोली उनको उपचारमा संलग्न थियो।
अस्पतालले घिमिरेलाई एम्बुलेन्समा राखेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्याएको थियो। ग्यास्ट्राइटिस र उच्च रक्तचापका कारण थला परेका घिमिरेको दिसामा समेत रगत देखिन थालेको छ।
उनको उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा थप उपचारका लागि दिल्ली लगिएको हो। राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको खबर पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा मेदान्त अस्पताल पठाइएको हो।
९९ वर्षीय राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ।