विश्व स्वास्थ्य

अस्पतालमै नर्समाथि अन्धाधुन्ध चक्कु आक्रमण [भिडियो]


साउदी अरबको मदिना अस्पतालमा नर्सको रुपमा कार्यरत फिलिपिनो नागरिक २९ वर्षीय रोलान्डो मिना रिसेप्सन डेस्कमा उभिएर कागजातसम्बन्धी काम गर्दै थिए । त्यत्तिकैमा एक २३ वर्षीय साउदी नागरिक सरासर रोलान्डोअगाडि पुगे र उनको नाडीमा अन्धाधुन्द चक्कु प्रहार गरे।

त्यसक्रममा रोलान्डोले आफूलाई बचाउने प्रयास गरे । केहीबेर पछि नै रोलान्डोका सहकर्मीले थाहा पाए र आक्रमणकारीलाई नियन्त्रणमा लिए । त्यतिन्जेलसम्म रोलान्डोको नाडीबाट रगतका धारा बग्न थालिसकेको थियो । 

‘सुरुमा त मैले उसले मुक्का प्रहार गर्‍यो भनि ठानेँ त्यसैले रोक्ने प्रयास गरें, पछि दुःख्न थालेपछि बल्ल चक्कु प्रहार गरेको थाहा पाएँ,’ रोलान्डोले भने । उनले तत्काल पाएको सहयोगका लागि साथीहरुलाई धन्यवाद पनि दिए । 

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । उसले बयानमा रोलान्डोले प्रेस्क्रीप्सनविना औषधि दिन अस्वीकार गरेपछि आक्रमण गरेको बताएको छ। रोलान्डोले डाक्टरको प्रेस्क्रीप्सनविना औषधि नदिने अस्पतालकै नीति रहेको बताएका छन् ।

फिलिपिन्सका साउदीअरबस्थि कन्सुल जनरल एडगार बाडाजोसले घटनाको अनुसन्धान भैरहेको र अन्य स्वास्थ्यकर्मीहरुले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् । डेलीमेलबाट

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने