नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएसँगै स्वास्थ्य मन्त्री यादवले मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन्।
उनले पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा आफूले काम गर्ने बाचा गरेका छन्। स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको थप अध्ययन गरेर आफू अघि बढ्ने बताए।
संघीय समाजवादी फोरमका अध्यक्ष यादव आजै आफ्नो पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन्।