मुख्य समाचार

नेपालमा करिब ९ लाख ६० हजार मानिसमा दमखोकी, समस्या निरन्तर बढ्दो


करिब ९ लाख ६० हजार नेपालीहरुमा दमखोकी देखिएको विश्व रोगभार सर्वेक्षण २०१६ले देखाएको छ।राजधानीमा एक कार्यक्रम गरी सोलिड नेपाल र जाइकाले यो तथ्यांक सार्वजनिक गरेको हो । विश्वमा प्रतिलाख जनसंख्यामा ३ हजार ६ सय दमखोकीका बिरामी भएको उक्त सर्वेक्षणमा देखाएको छ भने नेपालमा ४ हजार ८ सयको संख्यामा दमखोकी बिरामी भएको देखाएको छ।

नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने उक्त सर्वेक्षणले देखाएको छ।  त्यसमा १ सय २० प्रतिलाख  महिला र १ सय ३ प्रतिलाख पुरुषमा यस्तो मृत्यु भइरहेको देखिएको छ। दमखोकीका कारण मृत्यु हुनेको संख्यामा महिलाको संख्या बढी छ। यी तथ्यांकहरुले नेपालमा दमखोकीको समस्या दिनप्रतिदिन बढ्दै गएको संकेत गरेको छ।

दमखोकीका प्रमुख कारक तत्वहरुमा धुमपान  र वायुप्रदुषण नै हुन्। धुम्रपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या भएको शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा करवीरनाथ योगीले बताए। ‘अहिले पनि २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धुम्रपान गर्छन् र ३१ प्रतिशत मानिसहरु अरुले धुम्रपान गर्दा निस्केको धुँवाबाट प्रभावित छन्,’ उनले भने।

यसका अलवा घरभित्र आगो बाल्दा निस्केको धुवाँ र बाह्य वायु प्रदूषण पनि उत्तिकै जिम्मेवार छन् । नेपालमा खासगरी सहरी क्षेत्रमा वायु प्रदूषण तीव्र गतिले बढेको छ । यसको प्रमुख कारण सवारी साधनको संख्यामा भएको वृद्धिबाट निस्कने धुवाँ र इट्टाभट्टाबाट निस्कने धुवाँ भएको जिमटेफ, जापानका अध्यक्ष डा सिङगेकि हायसीले बताए। सन् २००मा २ लाख ५० हजारको संख्यामा रहेको सवारी साधन सन् २०१७ सम्मा आउँदा करिब २४ लाख पुगेको छ । त्यसैगरी ६६ प्रतिशत घरमा खाना पकाउन वा अन्य घरेलु प्रयोजनको लागि दाउरा÷गुइठा बाल्ने अवस्था छ।

दीर्घ दमखोकीका बिरामीका लागि आवश्यक आधारभूत औषधिहरु राज्यले निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । जीवनभर औषधि खानुपर्ने भएकाले आधारभुत औषधि राज्यले निशुल्क रुपमा प्रदान गर्दै आएको छ।

औषधि सेवनले मात्र दमखोकीका बिरामीहरुको गुणस्तरीय जीवनस्तर नहुने भएकाले औषधि सँगसँगै छातीलाई तन्दुरुस्त बनाउन अन्य उपया अवलम्बन गर्न थालिएको छ । तीन वर्षदेखि सोलिड नेपालले भक्तपुरमा बिरामीलाई औषधि सँगसँगै श्वासप्रश्वास सम्बन्धी व्यायाम सिकाइरहेको र यसले लाभ मिलिरहेको सोलिड नेपालका कार्यकारी निर्देशक राम बहादुर श्रेष्ठले बताए।

उक्त कार्यक्रममा स्वास्थ्य सेवालाई उपयुक्त हुने। दीर्घ दमखोकीका बिरामीलाई उपयुक्त हुने तीन पुस्तकको पनि विमोचन गरीएको थियो । उक्त पुस्तक सुरुमा भक्तपुरका जनतालाई सचेत बनाउने प्रकाशित गरेपनि यो सवैका लागि उत्तिकै काम लाग्ने रहेको सोलिड नेपालका टेनिकल एड्भाइजर खेम बहादुर कार्कीले बताए।

उक्त कार्यक्रममा बोल्दै दीर्घ  स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालल सचेतना जरुरी भएकाले देशब्यापी बनाउनुपर्नेमा जोड दिइन् ‘यो संस्थाले व्यायाम अभियानकै रुपमा सञ्चालन गरोस् । श्वासप्रश्वासका बिरामी राहत पाउन्,’ उनले भनिन्।

यसको प्रमुख कारण आहारविहार, वातवरणीय प्रदुषण, सुर्तीजन्य पदार्थहरुको सेवन  भएकाले यसमा सचेनत हुन राज्यमन्त्री अर्यालले आग्रह गरिन्। स्कुल कलेजहरुका विद्यार्थीहरु चुरोटको दलदलमा फसेकोले त्यहीँबाट चेतना फैलाउने कामको सुरुवात गर्न उनले जोड दिइन्। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Ramila लेख्नुहुन्छ जेठ २०, २०७५ आइतवार १७:१६:५७
Rising respiratory disease is due to inhalation of dust and smoke (air pollu...

यसमा तपाइको मत



पढ्नै पर्ने