नर्सिङ

गोली प्रहारबाट नर्सको मृत्यु, अन्त्येष्टिमा हजारौंको भीड

 

इजरायली सेनाको गोली प्रहारमा शुक्रबार मारिएकी नर्सको अन्त्येष्टिमा गाजामा हजारौंको भीड उर्लिएको छ । इजरायलविरुद्ध भएको विरोध प्रदर्शनमा मारिएकी २१ वर्षीया नर्स रजान अल नजरको शनिबार प्यालेस्टाइनको झण्डा ओढाएर अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सहभागी रजानका पिताले रगतले लत्पतिएको मेडिकल ज्याकेट पनि बोकेका थिए । 

प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार गाजाको दक्षिणी क्षेत्रमा भएको विरोध प्रदर्शनमा रजान सहयोगका लागि उपस्थित थिइन् । जब इजरायली सेनाले फायर खोल्यो, घाइतेहरुको मद्दतका लागि दौडने क्रममा गोली लागेर उनको मृत्यु भयो । प्यालेस्टिनी मेडिकल रिलिफ सोसाइटीले घाइते स्वास्थ्यकर्मीलाई गोली प्रहार गरी हत्या गरिनु जेनेभा महासन्धिको उल्लंघन र युद्ध अपराध भएको जनाएको छ । 

मध्यपूर्वका लागि राष्ट्रसंघीय दूत निकोलाई म्लादेनोभले नर्सको मृत्युमा शोक व्यक्त गरेका छन् । उनले आफ्नो ट्वीटमा स्वास्थ्यकर्मीलाई निशाना बनाउन नमिल्ने उल्लेख गर्दै इजरायली सेन्य कारवाहीको अनुसन्धान गरिनुपर्ने बताएका छन् । 

इजरायली सेनाले पनि नर्सको मृत्युुबारे अनुुन्धान गरिने जनाएको छ । इजरायलले प्रदर्शनका नाममा सीमा पार गर्ने प्रयास गरिरहेकाहरुमाथि गोली प्रहार गरेको स्पष्ट पारेको छ । साथै चरमपन्थी संगठनलाई हमास हिंसा भड्काउनमा जिम्मेवार रहेको पनि आरोप लगाएको छ । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने