प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको अब्स्टेट्रिक क्रिटिकल केयर वर्कशप नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ।
नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिस्टहरुको १५औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा प्रि–कन्फरेन्स वर्कशपमा नेपालका विभिन्न स्थानबाट करिब ६० जना स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्यलाई संस्कृतिको रुपमा विकास गरी प्रत्येक नेपालीले आफू र सबैलाई स्वस्थ बनाउनुपर्नेमा जोड दिए। चिकित्सकहरुले अब नेपालीहरुलाई उपचारको लागि विदेश पठाउदिनँ भन्ने संकल्प गर्नुपर्ने उनले बताए।
नेपाल मेडिसिटी अस्पताल मात्र नभई एक अभियान भएकोले अब नेपालीहरुको उपचार देशमै सम्भव बनाउने प्रयास गरिरहेको डा महतोले बताए।
कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा नीरा सिंहले फिजियोलोजी इन क्रिटिकल केयर अब्स्टेट्रिक्सको बारेमा जानकारी गराएकी थिइन्।
नेपाल मेडिसिटी अस्पतालको एनेस्थेसियोलोजी विभागका प्रमुख डा अपूर्व शर्माले एसेसमेन्ट अफ क्रिटिकल्ली इल पेसेन्ट तथा कार्डियोलोजी तथा क्रिटिकल केयर विभागका प्रमुख डा लव 4 जोशीले कार्डियाक इभ्यालुएसन इन अब्स्टेट्रिक्सको बारेमा जानकारी गराए।
त्यसैगरी नेपाल मेडिसिटी अस्पतालकै डा दिप्तेश अर्यालले सेप्सिस एन्ड मल्टी अर्गान फेलुअर इन अब्स्टेट्रिक्स पेसेन्ट, रेडियो इमेजिङ विभागका प्रमुख डा रामकुमार घिमिरेले रोल अफ इमेजिङ एन्ड सोनोलोजी इन क्रिटिकल्ली पेसेन्ट र मेडिकल इस्युज इन प्रेग्नेन्सीका बारेमा नेपाल मेडिसिटी अस्पतालका पल्मोनोलोजिस्ट डा सञ्जितकृष्ण श्रेष्ठले बोलेका थिए।
कार्यक्रमको दोस्रो चरणमा प्रयोगात्मक ज्ञान आदानप्रदान गरिएको थियो। रिसस्टिटेसन एन्ड हेमोडायलाइसिस म्यानेजमेन्ट, एयर-वे म्यानेजमेन्ट एन्ड मेकानिकल भेन्टिलेसन, इमरजेन्सिज इन अब्स्टेट्रिक्स र इक्विपमेन्ट एन्ड टुल्सका बारेमा पनि कार्यक्रममा अन्तर्क्रिया गरिएको थियो।
कार्यक्रममा नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिस्ट डा गणेश दंगाल र डा अमिरबाबु श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए।