डा उपेन्द्र देवकोटालाई नेपालका न्युरो सर्जनहरुको छाता संगठन नेप्लिज सोसाइटी अफ न्युरोसर्जन्सले मानार्थ अध्यक्षबाट विभूषित गरेको छ।
न्युरो अस्पतालको आइसियु उपचार गराइरहेका देवकोटालाई शनिवार बिहान भेटेर सोसाइटीले मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको हो।
सोसाइटीका अध्यक्ष डा मोहनराज शर्मा, उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका न्युरो सर्जनहरु उपाधि हस्तान्तरण कार्यक्रममा सहभागी थिए।
उपाधि ग्रहण गर्दै डा देवकोटाले आफूलाई खुशी तुल्याएको बताए । उनले भने, ‘तपाईंहरुले राम्रो गरिरहनुभएको छ । आइएम ह्याप्पी, बेस्ट अफ लक।’
डा शर्माले उनको अवस्था स्थिर रहेको बताए । उनले भने, ‘हामीसँगै थोरै दोहोरो कुरा गर्नुभयो । उहाँ सामान्य अक्सिनजमा हुनुहुन्छ ।’