सार्क फेडरेशन अफ अन्कोलोजिस्ट नेपालमा डा राजेन्द्र प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। जसको उपाध्यक्ष डा उमेश नेपाल र महासचिवमा डा अम्बुज कर्ण चुनिएका छन्।
शनिवार सम्पन्न साधारण सभाबाट कोषाध्यक्षमा रन्जन भक्त भण्डारी, सदस्यहरुमा डा सन्ध्या चापागार्इं, डा प्रदीप न्यापाने, डा सुरेन्द्र गौचन, डा रोशन मिश्र, डा कपेन्द्र शेखर अमात्य, डा विशेष पौडेल र डा कृष्ण सागर शर्मा छन्।