मुख्य समाचार

जनकपुर अञ्चल अस्पतालका मेसु डा यादवलाई कालोमोसो, ६ जना पक्राउ

 

जनकपुर अञ्चल अस्पतालका मेसु डा रामपरीक्षण यादवलाई कालोमोसो दलिएको छ । युवाहरुको एक समूहले दिउसो उनकै कार्यकक्षमा कालोमोसो दलेको हो।

अस्पतालमा चिकित्सकको लापरवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै उनीहरुले डा यादवलार्इ कालोमोसो दलेका हुन्।

कालोमोसो दल्ने ६ जनालार्इ प्रहरीले पक्राउ गरेको बुझिएको छ ।  नेपाली काँग्रेस निकट तरुण दल,  नेविसंघ, नयाँ शक्ति नेपाल विद्यार्थी संगठन र स्थानीय युवाहरु सेवा सुधारको लागि ज्ञापन पत्र बुझाउन पुगेका थिए।

यसक्रममा मेसु डा यादव र उक्त समूहबिच भनाभन भएपछि त्यहीँ रहेको कालो मसी अनुहारमा दलिएको अस्पतालका एक कर्मचारीले बताए ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने