विश्व स्वास्थ्य

मदिरापछि खैनी सूर्तीमा प्रतिबन्ध लगाउँदै बिहार सरकार

एजेन्सी

पटना - मदिरा प्रतिबन्ध लगाएको बिहारले खैनी तथा सूर्तीमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ। बिहार राज्यको स्वास्थ्य विभागले यो विषयमा आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ।
मुख क्यान्सरको प्रमुख कारणका रुपमा खैनी तथा सूर्ती रहेको भन्दै राज्य सरकारले यसको प्रतिबन्धको काम अगाडि बढाएको स्वास्थ्य विभागका मुख्य सचिव संजय कुमारले बताए।

‘यो विषयमा केन्द्र सरकारलाई पत्र लेखिसकेका छौं,’ उनले भने, ‘जसमा सूर्तीलाई खाद्य कृषि उपजको सूचीबाट हटाउन पनि अनुरोध गरिएको छ।’

खाद्य सुरक्षा र मानक प्राधिकरणले सूर्ती खेतीलाई खाद्य कृषि उपजको सूचीबाट हटाउने निर्णय गरेलगत्तै राज्यमा सूर्ती तथा खैनीमाथि प्रतिबन्ध लगाउन सहज हुने छ। राज्य सरकारले स्वास्थ्य सुरक्षाको आधारमा सूर्ती र खैनीलाई प्रतिबन्ध लगाउने योजना बनाइसकेको छ।

‘अहिले हामीसँग भएको नियमअनुसार खैनी तथा सूर्तीमाथि नियन्त्रण र प्रतिबन्ध लष्गाउन सक्ने अवस्था छैन,’ मुख्य सचिव संजय कुमारले भने, ‘त्यसकारण हामीले नयाँ प्रक्रिया अगाडि बढाएका हौँ।’

उनका अनुसार बिहारमा रहेका क्यान्सर रोगीमध्ये ४० प्रतिशत मुखको क्यान्सरका बिरामी छन्। बिहारमा हरेक पाँचमध्ये एक जना खैनी तथा सूर्ती सेवन गर्छन्। 

‘पछिल्लो ७ वर्षमा सूर्तीजन्य पदार्थको खपत ५३ प्रतिशतबाट घटेर २६ मा आएको छ। यीमध्ये २१ प्रतिशत खैनी खानेमा पर्छन्, जुन चिन्ताजनक हो’ उनले भने।

बिहार सरकारले सन् २०१६ मा मदिरा सेवनमा प्रतिबनध लगाएको थियो। यस्तै यही वर्षको मेमा बिहार सरकारले गुट्खा, पान मसलाको उत्पादन, बिक्रि र वितरणमा एक वर्षका लागि प्रतिबन्ध लगाएको घोषणा गरिसकेका छन्।

तर, विपक्षी नेताहरुले प्रतिबन्ध लगाउने विषयमा विरोध गरेका छन्। उनीहरुले प्रतिबन्धका कारण हजारौँको रोजगारी खोसिने भन्दै विरोध गरेका हुन्।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live