विश्व रक्तदाता दिवसका अवसरमा वल्खुस्थित वयोधा अस्पतालमा रक्तदान कार्यक्रम हुने भएको छ। अस्पतालले उपत्यकामा रगतको अभाव रहेको जानकारी पाएपछि रक्तदान कार्यक्रम गर्न लागेको हो।
रक्तदान कार्यक्रम अस्पताल परिसरमा असार १ गते शुक्रबार हुने छ। रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित अस्पतालले शुक्रबार बिहान ९ देखि १ बजेसम्म रक्तदान कार्यक्रम गर्न लागेको अस्पतालले जनाएको छ।