काठमाडौं- भैंसेपाटीमा अवस्थित नेपाल मेडीसिटी अस्पताल र माउन्टेन चाइल्डबीच गोरखाका बिरामीहरुलाई उपचार गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र माउन्टेन चाइल्डका कन्ट्री निर्देशकले समझदारीपत्रमा हस्ताक्षर गरे।
गोरखास्थित गाप स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीहरुलाई थप उपचारको आवश्यकता परेमा नेपाल मेडिसिटी अस्पतालमा ल्याई उपचार गर्ने सम्झौता भएको हो।
नेपाल मेडिसिटीले अब सम्पूर्ण उपचार देशमै सम्भव भन्ने नारासहित उपचारका लागि अब विदेश जानु नपर्ने अभियानलाई ठोस रुपमा अगाडि बढाइरहेकाले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरुको सहकार्यमा नेपालका दुर्गम क्षेत्रका मानिसहरुको उपचारमा सुगमता ल्याएको अस्पतालका महाप्रबन्धक रिमालले बताए।
त्यस्तै, माउन्टेन चाइल्डका कन्ट्री डाइरेक्टर एलन ननल्लीले उच्च गुणस्तरीय सेवा सुविधा उपलब्ध भएका कारण नेपाल मेडीसँग सहकार्य गर्न सहमत भएको र यसै सहमतिबाट गोरखास्थित गाप स्वास्थ्य चौकीमा उपचार सम्भव नभएकाहरुलाई विशेष स्वास्थ्य उपचार सेवा प्रदान गर्न आफूहरुले समझदारी गरेको जानकारी गराए।