पुल्चोकस्ति निदान अस्पतालमा एक दिने बाथ रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
अस्पतालमा शनिबार निःशुल्क शिविर हुन लागेको हो। निशुल्क शिविर बिहान ९ देखि दिउसो १ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा निःशुल्क परामर्शका साथै ल्याब टेस्ट र एक्सरेमा ३० प्रतिशत छुट हुनेछ। बाथ रोग पहिचान भैसकेकाहरुले पुरानो डाक्टरी पुर्जा लिएर आउन अस्पतालले अनुरोध गरेको छ।
समयमै बाथ रोगको पहिचान गरी उपचार गरे यसबाट हुन सक्ने जटिलताबाट बच्न सकिन्छ भन्ने संदेश दिन शिविर आयोजना गर्न लागेको अस्पतालले जनाएको छ।