कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रले अन्तरङ्ग (बिरामी भर्ना) सेवाको शुभारम्भ गरेको छ।
७ नम्बर प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले सो सेवाको रिवन काटेर शुक्रबार शुभारम्भ गरेका हुन्।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख मल्लले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि सांसद, मन्त्री, जनप्रतिनिधी, स्थानीयबासी जिम्मेवार हुनुपर्ने बताए । उनले प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र नभई प्रदेशका स्थानीय तहमा पनि कर्मचारी अभाव भएको बताउ“दै ‘साउनभित्रै कर्मचारी र आवश्यक ऐन, कानुन निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरिसकेको छु ।’
उनले स्थानीय तहमा जनप्रतिनिधीहरुले पदभार ग्रहण गरेको एक वर्ष पुग्नै लाग्दा पनि जनताको चाहना अनुसार काम गर्न नसकेको बताउ“दै ‘कर्मचारी अभाव, ऐन, कानुन निर्माण नहुनु लगायतका कारणले जनप्रतिनिधीहरुले चाहेरपनि जनताको चाहना अनुसार काम गर्न सकेका छैनन् ।’ प्रदेश प्रमुख मल्लले जनप्रतिनिधीहरुले जनता र देश माथि केन्द्रीत भएर काम गर्नुपर्ने बताए ।
भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘स्वास्थ्य केन्द्रलाई आवश्यक भौतिक पुर्वाधार, भवन, उपकरणहरु उपलब्ध गराएर अस्पतालका रुपमा विकास गर्न जरुरी छ’ नगर प्रमुख शेरबहादुर चौधरीले भने ‘यसका लागि नगरपालिकाले २५ सैय्याको अस्पताल बनाउने योजना अगाडि बढाएको छ ।’ उनले कैलालीकै प्रथम स्वास्थ्य चौकी भएपनि हालसम्म अस्पताल बनाउन नसक्नुमा दुखेसो पोखे।
अस्पताल व्यवस्थापन समिति एंव भजनी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रविन थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शिशिर देवकोटाले केन्द्रमा १० वेड राखेर बिरामी भर्ना कक्षको शुभारम्भ गरेको जानकारी दिए । उनले प्राथमिक स्वास्थ्य केन्द्रमा आर्थिक वर्ष २०७३÷०७४ मा १० हजार चार सय २३ जनाले सेवा लिएकोमा एक हजार ४५ जनालाई अन्यत्र रेफर गर्नुपरेको बताउ“दै ‘भजनी क्षेत्रका स्थानीयलाई दुख नहोस भनेर विरामी भर्ना कक्षको शुभारम्भ गरिएको हो ।’ उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रले २४ सैं घण्टा ईमर्जेन्सी, आक्समिक कक्ष, फार्मेसी, ल्याब, आमा सुरक्षा कार्यक्रम, माईनर ओटी, ईसिजी, भिडियो तथा सादा एक्सरे लगायतका सेवा उपलब्ध गराउ“दै आएको छ । उनले प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभावका कारण सेवा प्रदान गर्न समस्या भइरहेको बताए।
प्राथमिक स्वास्थ्य केन्द्रले आगामि आर्थिक वर्षमा पोष्ट मार्टम सेवा शुभारम्भ गर्ने योजना बनाएपनि भौतिक पुर्वाधार, उपकरण अभावले समस्या भईरहेको बताउ“दै ‘नगरपालिकाले भवन र जनशक्तिको व्यवस्था गर्न जरुरी छ ।’ उनले प्राथमिक स्वास्थ्य केन्द्रमा डेन्टल सेवा भएपनि जनशक्ति नहु“दा शुरु गर्न नसकिएको बताए।
कार्यक्रमको सञ्चालन प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव विरेन्द्र सापकोटा र कमला विकले गरेका थिए ।