नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा प्रोष्टेट बायोप्सी विषयमा विशेष अन्तरक्रिया भएको छ। अस्पतालमा नेपाल युरोलोजी विशेषज्ञ चिकित्सक संघ (एनयुएएस)ले अन्तरक्रिया कार्यक्रम गरेको हो।
प्रोष्टेट रोगका बिरामीहरको पहिचान र उपचारसंख्या बढ्दै गइरहेको अवस्थामा एनयुएएसले यो क्षेत्रमा भएका नयाँ कुराका विषयमा जानकारी दिन अन्तरक्रिया गरेको जनाएको छ। अन्तरक्रियामा सिंगापुरका डा लिंकन तान गुआन लिम अन्तर्राष्ट्रिय वक्ता थिए।
नेपालका तर्फबाट भने डा राम कुमार घिमिरे, डा महेश बहादुर अधिकारी, डा उमेश नेपाल, डा ममता लाखे, डा रबिन जोशी र डा मनिष प्रधान राष्ट्रिय प्रतिनिधि थिए। अन्तरक्रियामा सहभागी भएका झण्डै २० अस्पतालका विशेषज्ञ चिकित्सकहरुले प्रोष्टेट उपचारका क्षेत्रमा यो कार्यक्रमले निकै जानकारी दिएको प्रतिक्रिया दिए।