सरकारले प्रदेश २ को सामाजिक विकास मन्त्रालयको सचिव परिवर्तन गरेको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सहित अरु विषय हेर्दै आएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रदेश २ का सचिव हेरफेर गरेको हो। मन्त्रालयले २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका देवीराम भण्डारीलाई २ नम्बर प्रदेशकै सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरेको हो।
सामाजिक विकास सचिवका रुपमा रहेका किरण रुपाखेतीलाई २ नम्बर प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा सरुवा गरेको हो।