१२८ स्लाइस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको चितवन मेडिकल कलेजले शुभारम्भ गरेको छ। अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले अत्याधुनिक सिटी स्क्यान सेवाको एक औपचारिक उद्घाटन गरे।
जर्मनीमा निर्मित यस मेसिन शरीरका विभिन्न रोगको निदानको लागि महत्वपूर्ण मानिन्छ। यस मेसिनबाट बिरामीलाई छिटो तथा कम रेडिएसनमा सिटी स्क्यान गर्न सकिने, मुटु तथा रक्तनलीका बिरामीलाई भस्कुर एनलाइसिस, होल बडी एन्जियोग्राम जस्ता डायगनोसिस गरिने डा न्यौपानेले बताए। यस्तै सोही मेसिनबाट केही दन्त रोग सम्बन्धी डायगनोसिस पनि गर्न सकिनेछ।
यस्तो सिटी स्क्यान मेसिन जिल्लामा चितवन मेडिकल कलेजमा मात्र उपलब्ध रहेको र नेपालका कमै मात्र अस्पतालले यस्तो सेवा दिइरहेको अस्पतालका निर्देशक डा लम्सालले बताए।
२०६३ सालमा स्थापन भएको चितवन मेडिकल कलेज र क्याथोलिक युनिभर्सिटी अफ कोरियाबीच अध्ययन अनुसन्धान तथा मेडिकल शिक्षा सम्बन्धी ५ बुदाँहरुमा सहकार्य गर्न सम्झौता पनि भएको निर्देशक लम्सालले जानकारी दिए।