वरिष्ठ न्युराे सर्जन डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली व्यक्त गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले आज आधा दिन विदा दिएको छ।
न्याम्सका संस्थापक र वीर अस्पतालका पूर्व चिकित्सक समेत रहेका डा.देवकोटाको निधनप्रति शोक व्यक्त गर्दे 4 कलेज एवम वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर(इमर्जेन्सी र इन्डोर वाहेक)ले पनि आधा दिन विदा दिने निर्णय गरेका थिए।