अन्तर्राष्ट्रिय योगदिवसको अवसरमा पतन्जली योगपीठ नेपालले देशभर योग र आयुर्वेदिक सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।
चाैथाे अन्तर्राष्ट्रिय याेगदिवसकाे अवसरमा याेग र अायुर्वेद सम्बन्धि चेतना फैलाउने उदेशयले कार्यक्रम आयोजना गर्न लागिएकाे पतन्जली योगपीठ नेपालका ट्रष्टि शालिकग्राम सिंहले जानकारी दिए।
अन्तर्राष्ट्रिय योग दिवस जुन २१ अर्थात असार ७ गते राजधानी लगायत देशभर बिहान विभिन्न स्थानमा बिहान ६ बजे देखि ८ बजेसम्म याेगा सिकाइने छ।
साे दिन पतन्जलीमा आवद्ध भएका देशभरका ४० हजार योग शिक्षकहरूद्दारा देशका विभिन्न स्थानमा हुने योग शिविर एकैपटक सञ्चालन गर्ने अायाेजकले बताएकाे छ।