फिचर

डा उपेन्द्र देवकोटाको अन्तिम बिदार्इ [फोटो र भिडियो ]


वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। डा देवकोटाकाे पार्थीव शरीरमा श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएका छन्।

 

डा देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज दाहसंस्कार  गरिएको हो। दाहसंस्कार अघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए।

 

पशुपति लैजानु अघि डा देवकोटालार्इ श्रद्धाञ्जलीका लागि बिहान ८ देखि १ बजेसम्म न्युरो अस्पतालको प्रांगणमा राखिएको थियो। 

डा देवकोटाको काजकिरिया पनि श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्नेछन्। काजकिरिया ७ दिनमा सकिने जनाइएको छ।

पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो।

भिडियो

 

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने