उदयपुर कटारीमा रहेका निजी अस्पताल र फार्मेसीहरु मापदण्ड विपरित पाइएकाे छ।
मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय,ईलाका प्रशासन कार्यालय र कटारी नगरपालिका स्वास्थ विभागले छड्के अनुगमन गरेका हुन्।
कटारीका अधिकांश निजी अस्पताल,पोलिक्लीनिक र फार्मेसीहरु मापदण्ड पुरा नगरेको भेटिएकाे निमित्त जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए।
अनुगमनका क्रममा रोहित रोशन मेडिकलमा आवश्यक कुनै पनि कागजात नभेटिएकाे दर्ता बिना नै पोलिक्लीनिक संचालन गरेको पाइनुका साथै ल्याब र फार्मेसीको सम्बंधित कर्मचारी समेत नभेटिएकोले यहि असार १६ गते भित्र सवै कागजात उपलब्ध नगराए बन्द गर्न निर्देशन दिइएको यादवले जानकारी दिए।
आकृति डेण्टल क्लीनिकलाई पनि १५ गते भित्र सम्पूर्ण प्रकिया पूरा गर्न निर्देशन दिइएको छ।त्यसका साथै आरोग्य हेल्थ क्लीनिक कुनै पनि प्रकिया पूरा नगरी संचालन गरेको भेटिएकोले तत्काल बन्द गरि आवश्यक प्रकिया पूरा गरेर मात्र खोल्न निर्देशन दिइएको ईलाका प्रशासन प्रमुख सुनील पौडेलले बताए।
हिमाल होमियो फार्मेसीमा म्याद नाघेका अाैषधीहरु भेटिएपछि हिमाल फार्मेसी पनि बन्द गरिएको प्रमुख पौडेलले जानकारी दिए।
जनस्वास्थ्य निरीक्षक राम चन्द्र यादवका अनुसार सगरमाथा हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालन स्वीकृतको म्याद सकिएकाले असार १५ गते भित्र प्रकिया पूरा गर्न निर्देशन दिइएकाे छ।
उज्ज्वल मेडिकल,जन- आस्था फार्मेसी,जनता साझा पोलिक्लीनिक,हलेसी फार्मेसीलाई पनि आवश्यक सम्पूर्ण प्रकिया पूरा गरेर मात्र फार्मेसी संचालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ।
काठमाडौं अप्टिकलमा भने टेक्निसियन नभेटीएको अनुगमन टोलीले जानकारी दिएको छ।
शाह मेडिकललाई स्विकृति लिएर मात्र एक्स रे संञ्चालन गर्न,त्रिवेणी डेन्टल हाउसको कागजात फेला नपरेकाले ताल्चा लगाईएको कटारी नगरपालिकाका स्वास्थ्य संयोजक राम नारायण चौधरीले जानकारी दिए।
सम्राट औषधालयमा औषधि पसल नै दर्ता नगरेको पाईएको थियो भने विशाल पोलिक्लिनिकले पनि प्रकृया पुरा नगरेकाे भेटिएकाे छ।
मापदण्ड नपुगेका स्वास्थ्य संस्थाहरुलाई आगामी असार १५ गतेभित्र सवै प्रकृया पुरा गर्न निर्देशन दिएको र १५ गते भित्रमा पनि आवश्यक प्रकृया पूरा नगरे कानूनी कार्वाही गरिने पनि अनुगमन टोलीले जनाएको छ ।