मुख्य समाचार

न्युरो अस्पतालको नामको अगाडि डा देवकोटाको नाम थपिने


न्युरो अस्पतालको नाममा परिचित बाँसबारीस्गित नेशनल इन्स्टिच्‍यूट अफ मेडिकल एण्ड एलाइड साइन्‍सको नाम परिवर्तन भएको छ।

अस्पतालका संस्थापक बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको मृत्युपछि अस्पतालको नामको अगाडि उनको नाम थपिएको हो। डा देवकोटाको सपनाको अस्पताल भएका कारण अस्पतालको नामको अगाडि उनको नाम थप्ने निर्णय भएको छ।

अस्पतालको बोर्डले अबदेखि उक्त अस्पतालको नाम उपेन्द्र देवकोटा नेशनल मेमोरियल इन्स्टिच्‍यूट अफ न्‍यूरोलोजिकल एण्ड एलाइड साइन्‍सेज राख्‍ने निर्णय गरेको हो। उक्त नाम कम्‍पनी रजिष्ट्रारको कार्यालयबाट स्विकृति समेत लिइसकिएको छ। 

डा देवकोटाले उक्त अस्पताल सन् २००६ अप्रिल १३मा स्थापना गरेका हुन्। डा देवकोटाले नेपालमा न्युरो उपचार गर्ने छुट्टै विशिष्टकृत अस्पताल हुनुपर्छ भन्दै उक्त अस्पताल स्थापना गरेका हुन्। डा देवकोटाको सपना अनुसार नै अस्पताल स्थापना भएकाले अस्पतालको नामको अगाडि उनको नाम राख्ने निर्णय अस्पताल बोर्डले गरेको हो। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने