मुख्य समाचार

स्वास्थ्य मन्त्रालयमा मन्त्रीदेखि सर्वसाधारणसम्मको योगासन (फोटो फिचर)

 निमेष जं‌ग रार्इ

काठमाडौं– आज चौथो अन्तर्राष्ट्रिय योग दिवस। दिवसका अवसरमा देशैभर स्वास्थ्य मन्त्रालय, यसका अन्य अंगहरु, पतञ्जली योगपिठ तथा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।

देशभर आयोजना भइरहेका योगाभ्यास, रक्तदान तथा अन्तक्रिया लगायतका कार्यक्रममा स्थानीयदेखी मन्त्रीसम्म तथा बालकदेखि वृद्धसम्मको सहभागीता रहेको छ। हरेक उमेर समूह तथा बिरामीका लागि पनि फरकफकर तरिकाबाट योग गर्न सकिने भएकोले पनि यसतर्फ धेरैको आकर्षण बढ्दै गएको छ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुन्छ। 

यसै अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद विभागले बिहान ६ बजेबाट स्वास्थ्य सेवा विभाग टेकुबाट सचेतनामुलक र्‍यालीको संयुक्त रुपमा आयोजना गरेको आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले जानकारी दिए। र्‍यालीमा विद्यार्थी, कर्मचारी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो। 

र्‍याली मन्त्रालयमा आएपछि योग अभ्याससहितको विशेष कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, कर्मचारी तथा सर्वसाधारणले एकसाथ योग गरेका थिए।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने