राजविराज– सप्तरीको सप्तकोसी नगरपालिका–१ स्थित जनसेवा पोलिक्लिनिकमा संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको छ।
अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएपछि पोलिक्लिनिक बन्द गरिएको अनुगमन टोलीका संयोजक तथा सप्तरीका सहायक सिडिओ नरबहादुर खड्काले बताए।
सञ्चालक दिलीप चौधरीले आवश्यक कागजपत्र उपलब्ध गराउन नसकेको संयोजक खड्काले बताए।