स्वास्थ्य मन्त्रालयमा डाक्टर र नर्सहरुले छुट्टा छुट्टै रुपमा धर्ना गरेका छन्। उनीहरुले अाफ्ना माग राख्दै अाज मन्त्रालयमा धर्ना दिएका हुन्। नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका 4 कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली, अधिकारसहितको 4 सेवा महाशाखा पुनर्स्थापना गरिनुपर्ने लगायतका ११ बुँदे माग पुरा गर्नुपर्ने भन्दै धर्ना दिएका हुन्। यसअघि उनीहरुले यीनै माग राखेर गत पुस २६ बाट देशभरका अान्दाेलनमा उत्रेका थिए।
नेपाल 4 संघकी अध्यक्ष तारा पाेखरेलले ११ बुँदेमा कुनै पनि माग पूरा नभएकाे बताएकी छिन्। उनका अनुसार स्वास्थ्य सचिवले स्वास्थ्य मन्त्रीसँग बसेर यो विषयमा छलफल गर्ने अाश्वासन दिएकी छिन्।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरेर पुनर्बहाली भएकी नर्स त्रजिना जतिले सहमति कागजमा मात्र सिमित गरेर माग पूरा गर्ने अाैपचारिकता मात्र पूरा गरेकाे दाबी गरिन्।
त्यसैगरी प्रस्तावित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ मा नेसनल रेजिडेण्ट डक्टर्स असोसिएसन(एनआरडिए) ले यो कार्यविधि चित्तबुझ्दो नभएको बताउँदै विरोेधका कार्यक्रम ल्याउने भएको छ। उनीहरुले पनि अाज मन्त्रालयमा धर्ना दिएका छन्।
चिकित्सा शिक्षाको स्नात्तकोत्तर एवं डिएम, एमसिएच अध्ययनरत चिकित्सकहरुले कार्यअवधिमा उल्लेखित ५ वर्षे सेवालाई २ वर्षमा सीमित गर्नुपर्ने, एउटै परिवेशमा समान काम गर्ने चिकित्सकहरुलाई स्थायी र करारको नाममा विभेद अन्त्य गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन्।
एनआरडिएका अध्यक्ष सुमित पाण्डेले सरकारले यो कार्यविधि रेजिडेन्ट डाक्टरलाई हेप्ने तरिकाले निकालेको बताउँदै मागहरु पूरा नभए बिस्तारै विरोधका कार्य्रकम ल्याउने बताएका छन्। उनले आइतबार देखि बिरामीलाई केही अवरोध नपुग्ने गरी शैक्षिक गतिविधिमा रोक लाग्ने गरी शान्तिपूर्ण आन्दोलन गर्ने बताए।
'स्वास्थ्य सचिवले त्यति सकारात्मक कुरा गर्नु भएन,' उनले भने, 'ऐनको कुरा त्यति फेरबदल गर्न नमिल्ने जस्तो कुरा गर्नुभएको छ, मागहरु सम्बोधन नभए विरोधका कार्यक्रम चाल्न बाध्य हुनेछौँ।'