विश्व स्वास्थ्य

नयाँ अध्ययन : के हर्पस भाइरस अल्जाइमरको कारक तत्व हो?

 सिएनएन

हालसम्म चिकित्सकहरु अल्जाइमर रोग लाग्नुका खास कारण र समाधान के हो भनेर ठोस निर्णयमा पुगेका छैनन्। 

तर हालैको जर्नल न्युरनमा प्रकाशित रिपोर्टका अनुसार वैज्ञानिकहरुले यस्तो भाइरस पत्ता लगाएका छन् जसले अल्जाइमर रोगको लक्ष्ण बढाइराखेको छ।

अल्जाइमर हुँदा मानिसले स्मरणशक्ति गुमाउनका साथै मानिस समेत चिन्न छोड्छ। अल्जाइमर रोगमा ह्युमन हर्पस् भाइरस अल्जाइमर हुनका कारण हुन सक्छन् भनेर पुष्टि गरेको छ। 

केही अध्ययनका अनुसार अमेरिकामा हरेक ६५ सेकेन्डमा अल्जाइमरका रोगीहरु बढिरहेका हुन्छन्। यस रोगका उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यतालाई वैज्ञानिकहरुले छिटो र सस्तो उपचार कसरी लिन सक्ने भनेर काम गरिरहेका छन्। 

अल्जाइमर अमेरिकाको एउटा यस्तो रोग हो जुन मानिसको मृत्यु हुनेमा शीर्ष १० मा पर्छ।  अध्ययनमा ६२२ जना अल्जाइमरका लक्षण भएका मानिसको मष्तिष्क जाँच गरिएको थियो। जाँच गरिएका मध्ये ३२२ जनामा  अल्जाइमर नलागेका भेटिए। 

ती मानिसमध्ये अल्जाइमर भएका मष्तिष्कमा ‘हर्पस भाइरस’अल्जाइमर नलागेका मानिसमा भन्दा २ गुणा भन्दा बढी पाइएको थियो।

वैज्ञानिकहरुले यस भाइरसले अल्जाइमरको लक्षणमा वृद्धि गर्छ भनेका छन्। हुन त अल्जाइमर दिमागी रोग हो जसमा मष्तिष्कमा भाइरसका कारण खराबी आएको मान्न सकिन्छ भने यसलाई दिमागमा रोग प्रक्रियाको मिश्रण को रुपमा पनि लिइन्छ।

वंशाणुगत रोग विशेषज्ञ जोल डुड्ले भन्छन् ‘हामी हर्पस् भाइरसले अल्जाइमर लाग्छ भनेर ठोकुवा गरेर त भन्न सक्दैनौँ तर अध्ययन गर्दा यस भाइरसले अल्जाइमर हुनुमा प्रभाव पारेको देखिन्छ।’ डुड्लेका अनुसार यस अध्ययनले भविष्यमा मष्तिष्कमा अल्जाइमर रोग भए–नभएको रोगको लक्षण पहिचान गर्नेछ ।

न्युरोलोजिका प्राध्यापक डा.शाम ग्याण्डी भन्छन् यो ‘सबैभन्दा विश्वासगर्न लायक खोज आएको छ र यसले पक्कै पनि अल्जाइमर रोग लाग्नुका कारण र वृद्धिको बारेमा बताउनेछ।’

वैज्ञानिकहरु भन्छन् यस खोजका कारण मानिस आत्तिहाल्नुपर्दैन। यो भाइरस सामान्य भाइरस हो। करिब ९० प्रतिशत वयस्क मानिसमा ५० वर्षको उमेरमा यो भाइरस देखापर्छ। अध्ययनका भन्छ यो भाइरस देखापर्नेमा सबैजना ‘डिमेन्सिया’ को शिकार नहुन पनि सक्छन्।

अल्जाइमर एसोसिएसन्स्का केश फार्गोले हर्पस् भाइरस र अलजाइमरको के सम्बन्ध छ भनेर त्यसका पुष्टिका निम्ति धेरैभन्दा धेरै अध्ययनको जरुरी रहेको बताउँछन्। तर यदि अल्जाइमर हुन सघाउने भाइरस पत्ता लागिसकेको छ भने त्यसले एन्टीभाइरल र रोगप्रतिरोधात्मक थेरापी र उपचार ल्याउनमा मदत पुग्ने फार्गोको धारणा रहेको छ

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने