समाचार

१४ औं सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्मेलन सम्पन्न

सिर्जना खत्री

काठमाडौंमा जारी १४ औँ सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्पन्न भएको छ। 

सम्मेलनमा सार्क राष्ट्रहरुमा आखाँ रोगीहरुको समस्या, अवस्था, चुनौती र बिरामीलाई सहज तथा सर्वसुलभ रुपमा सेवा कसरी दिने भन्ने विषयमा छलफल भएको अकुलोपलाष्टिक सर्जन डा बेन लिम्बुले जनाकारी दिए।

उनले भने ‘सम्मेलनमा मोतिबिन्दूको अप्रेसन सर्भसुलभ तरिकाबाट नयाँ र सुरक्षित कसरी गर्न सकिन्छ, आखाँलाई सुन्दर कसरी पार्ने आखाँमा देखिने दूर्लभ रोग, चोट पटकले आखाँमा पार्ने दीर्धकालीन असर, यसको व्यवस्थापन लगायतको विषयमा छलफल भयो।’ 

लिम्बुका अनुसार नयाँ डाक्टरहरुलाई उपचार पद्धतिको आदनप्रदान गरीयो, दूर्लभ रोगका बिरामीको उपचार कसरी गर्ने विषयमा ज्ञान आदन प्रदान भयो।  डा लिम्बुले सार्क राष्ट्रको तुलनामा नेपाल आखाँ उपचारमा राम्रो स्थानमा रहे पनि आखाँको क्षेत्रमा अझै पनि चिकित्सक अपुग रहेको बताए।  

सम्मेलनमा सार्क क्षेत्रका देश सहित अमेरिका, बेलायत, रसिया, सेनेगल, जापान, क्यानडा, जर्मनी, चिन, सिंगापुर, दक्षिण कोरिया, ताइवान, इथियोपिया लगायत २७ देशका लगभग  ६०० जनाको सहभागिता थियो। सम्मेलनमा आँखाका विभिन्न विधा जस्तै पेडियाट्रिक अफ्थाल्मोलोजी (बाल आँखा रोग तथा डेढो आँखा), कर्निया (आँखाको नानी), क्याट्र्याक्ट (मोतीविन्दु, रिफ्र्या्क्टिभ सर्जरी, युभिया, न्यूरो अफ्थाल्मोलोजी (आँखाको नशा, रेटिना (आँखाको पर्दा), ग्लोकमा (जलविन्दु, अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक,  एडभोकेसी, अस्पताल प्रशासन लगायतका विषयमा ३ सय जनाले वैज्ञानि कार्यपत्र प्रस्तुत गरेका थिए। 

यसका साथै नेपाल मात्र नभई सार्क क्षेत्रमा नै आँखा स्वास्थ्य सेवामा अमूल्य योगदान पुर्याएका ७ जना नेपाली चिकित्सक सहित ३६ जनालाई सम्मान  गरिएको थियो। 

यस्तो सम्मेलन हरेक दुई वर्षमा एक पटक हुँदै आइरहेको छ। अहिलेसम्म नेपालमा २ पटक सन् १९९१ मा र सन् १९९९ मा काठमाडौंमा सम्मेलन भएको छ। यसपटकको सम्मेलन याक एण्ड यति होटलमा भएको थियो।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live