विश्व स्वास्थ्य

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

किन्सासा, कङ्गो- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण रोकिएको छैन । दुई महिनादेखि यहाँ सङ्क्रमण शुरु भएको र सङ्क्रमितहरूको सङ्ख्या झनै बढेको बताइएको छ । 

यहाँ गत महिना ४५ जनालाई इबोलाको सङ्क्रमण देखिएको थियो । यसको नियन्त्रणका लागि 11 संगठन समेतले प्रयास थालेको बताएको थियो । 

तर त्यसमा कमी भने आएको छैन । समाचारमा जनाइएअनुसार गएको शनिबारसम्म यहाँका ६० जनामा यसको सङ्क्रमण देखिएको छ । 

सो सङ्क्रमणको आशङ्का गरिएका सबैमा यो भाइरसको पुष्टि भएको बताइएको छ । कङ्गोको स्वाथ्य मन्त्रालयले गत शनिबार अबेर राति प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ। 

देशको उत्तरपश्चिमी प्रान्त बिकोरोमा इबोलाको सङ्क्रमणको कारण केहीको मृत्यु भएको पनि पुष्टि भएको अधिकारीहरूले जनाएका थिए । 

इक्वेटेउर प्रान्तको बिकोरोे शहरमा यस भाइरसको सङ्क्रमण देखिएको हो । यस प्रान्तका केही ग्रामीण वस्तीमा इबोलाका सङ्क्रमित देखिएका थिए ।

सो प्रान्तका अतिरिक्त कङ्गोमा करिब एक महिनाअघि सम्ममा यस सङ्क्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए । 

कङ्गोमा पुनः देखिएको इबोला सङ्क्रमणप्रति 11 संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ । यस सङ्क्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको हो । 

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सबैसँग सहयोगको याचना पनि गरेको छ । 

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी देशहरूमा देखिएको इबोलाको भीषण माहामारीले ११ हजार भन्दा बढी नागरिकको मृत्यु भएको थियो । 

यसको औषधि पत्ता लागेको बताइए पनि औषधिको प्रभावकारिता भने त्यति सकारात्मक नदेखिएको स्वास्थ्य अधिकारीहरू बताउँछन् । रासस

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live