विश्व स्वास्थ्य

१० प्रतिशतले मादक पदार्थ सेवन गर्ने भियतनाममा वर्षेनी बीस हजारलाई कलेजोको क्यान्सर

स्वास्थ्यखबर

हानोई– भियतनाममा प्रत्येक वर्ष २० हजार व्यक्तिलाई कलेजोको क्यान्सर हुने गरेको तथ्य सार्वजनिक भएको छ।

भियतनाम लिभर एण्ड बाइल एसोसिएसनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको अधिकारीहरूले बताएका छन्।

प्रतिवेदनका अनुसार क्यान्सर रोग वृद्धि हुनुमा रोग पत्ता नलाग्नु र उपचारमा ढिलाई हुनु प्रमुख कारणको रूपमा रहेको छ।

भियतनाममा भारी मात्रामा मादक पदार्थ सेवन गर्नु नै कलेजो र सिरोसिसको क्यान्सरको प्रमुख कारण भएको विज्ञहरूको भनाई रहेको छ।

भियतनामको हालको जनसङ्ख्या नौ करोड ५० लाख रहेको र त्यसमा १० प्रतिशतले मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ । रासस/सिन्ह्वा

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live