विचार/ब्लग

स्वास्थ्य तथ्याङ्कको गुणस्तरका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ

 लक्ष्मण शर्मा पौडेल

स्वास्थ्य तथ्याङ्क गुणस्तरीय बनाउनका लागि इलेक्ट्रोनिक मेडिकल रेकडिङ जरुरी हुन्छ । यो स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको अवस्थालार्इ सफ्टवेयरको सहयोगमा सुरक्षित राख्ने प्रणाली हो । बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालार्इ जस्ताको त्यस्तै इन्ट्री गर्नुपर्छ। 

यो प्रक्रिया पूर्ण हुनुपर्छु । पुराना पुन: उपचारमा आउने बिरामीहरुको ब्यबस्थापन गर्न अपूर्ण मेडिकल रेकर्डसिटका भरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई चुनौति हुन्छ । जोखिमपूर्ण बिरामीहरुको यथासंभव छिटो अवस्था पहिचान गरी रोगको निदान गर्नुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दायित्व हुन्छ । गुणस्तरीय मेडिकल रेकर्डले बिरामीको बिगतको उपचार गर्दाको स्थिती जस्ताको त्यस्तै उपलब्ध गराउँछ । त्यसैका आधारमा बिरामीहरुको सही उपचार प्रक्रिया सम्भव हुन्छ । 

अर्कोतर्फ स्वास्थ्य संस्थाले रोगको वार्षिक ब्यबस्थापन योजना बनाउन, प्रत्येक रोगको स्वास्थ्य संस्थामा उपचार ब्यबस्थापन गर्न, आवश्यक मेसिन उपकरण औजारहरुको ब्यबस्थापन गर्न, आबश्यक बजेट तथा जनशक्ति ब्यबस्थापन गर्न र अस्पतालमा गरिएका सेवाहरुको मासिक प्रतिबेदन तयार गर्न गुणस्तरीय मेडिकल रेकर्डिङ जरुरी हुन्छ । पेपरबेसमा आधारित मेडिकल रेकर्डिङ प्रणालीका धेरै सिमाहरु भएको हुँदा स्वास्थ्य तथ्याङ्कको गुणस्तरका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ जरुरी हुन्छ।

१९९३ भन्दा पहिले स्वास्थ्य सेवा विभाग इपिडेमियोलजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत मेडिकल रेकर्ड शाखा सञ्चालित थियो । त्यसही शाखामा देशभरका सरकारी अस्पतालहरुले मासिक रिपोर्ट पठाउने चलन थियो । सम्पूर्ण अस्पतालहरुको संकलित तथ्याङ्क विश्लेषण मुल्याङ्कन गर्ने काम त्यहीँबाट हुने गर्दथ्यो ।

१९९३ पछि स्वास्थ्य सेवा बिभागमा एच.एम.आइ.एस. शाखाको स्थापना भई अस्पतालहरुको इपिडेमियोलजी तथा रोग नियन्त्रण महाशाखाले गर्दै आएको अस्पतालहरुको प्रतिबेदन संकलन, बिश्लेषण, मूल्याङ्कन गर्ने कार्य ब्यबस्थापन महाशाखा स्वास्थ्य सूचना शाखामा सारियो । हाल स्वास्थ्य सूचना शाखा तथ्याङ्क गुणस्तर ब्यबस्थापनमा भन्दा केन्द्रीय कार्यक्रमहरुको ब्यबस्थापनमा सहयोगी हुँदै आएको अवस्था छ ।

स्वास्थ्य सेवा बिभागका अनुसार नेपालमा हाल सरकारी अस्पतालहरु १ सय १३ वटा र २९४ निजी अस्पतालहरु गरी जम्मा ४ सय ७ अस्पताल छन् । सबै सरकारी अस्पतालहरुमा पेपरबेसमा आधारित मेडिकल रेकर्डिङ प्रणाली  छ । हाल डि.एच.आइ.एस प्रणालीले पेपरबेस प्रणालीमा तयार पारिएको मासिक प्रतिबेदनलार्इ मात्र एच.एम.आइ.एस. अनलाइन सफ्टवेयरमा इन्ट्री गर्ने ब्यबस्था मिलाएको छ । यो पनि सरकारी अस्पतालहरुमा मात्र हो । निजी अस्पतालहरुको सबै मासिक प्रतिबेदनहरु सरकारी दायरामा आइनसकेको अवस्था छ ।

 सम्पूर्ण अस्पतालहरुले उपलब्ध गराएको सेवाको तथ्याङ्कहरु एकत्रित गरि अस्पतालहरुको पूर्ण प्रतिबेदन बनाउन आबश्यक छ । स्वास्थ्य सेवा विभागबाट प्रकासित बार्षिक प्रतिबेदनमा अस्पतालहरुको बार्षिक कार्यसम्पादन पूर्णरुपमा उल्लेख हुन सकेको छैन । केन्द्रमा चिकित्सा महाशाखा वा इपिडेमियोलजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत मेडिकल रेकर्ड शाखा राखेर देशैभरिका अस्पतालहरुको मेडिकल रेकर्ड शाखाहरु नियन्त्रणमा राख्न सके अस्पतालहरुको तथ्याङ्कको प्रयोग प्रभावकारी रुपमा हुनेछ । अस्पतालहरुको वास्तबिक अनुगमन मूल्याङ्कन हुने देखिन्छ। 

अस्पतालहरुलार्इ ओपन सोर्समा आधारित ओपन एमआरएस पेपरलेस इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीमा लैजान सके स्वास्थ्य क्षेत्रको वास्तबिक योजना बनाउन सहायक सिद्ध हुनेछ । यो पेपरलेस इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीको सिलसिलामा यस लेखकले २०१४ मा डब्लुएचओ मार्फत थटवोर्क इन्डिया प्रा.ली बेङ्लोर पुगेर अस्पतालको सेवा प्रवाह प्रणालीबारे सूचना प्रबिधि सफ्टवेयर कम्पनीको छलफल कार्यक्रममा भाग लिएको थियो ।

उक्त समयमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा प्रयोग गर्न खोजिएको ओपन सोर्समा आधारित एमआरएस पेपरलेस इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ सफ्टवयर बिबिध कारणले अभ्यासमा ल्याउन नसकिए पनि आज स्वास्थ्य बिज्ञान प्रतिष्ठान हुन गइरहेको उक्त संस्थामा इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ अति जरुरी भइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने