समाचार

पोखरामा कपाल प्रत्यारोपण बारे निःशुल्क परामर्श


पोखरा– अरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरले पोखरामा शनिवार र आइतबार कपाल प्रत्यारोपण बारे निःशुल्क परामर्श दिने भएको छ ।  होटल अतिथि, पोखरामा बिहान ९ः०० देखि बेलुकी ६ः३० बजेसम्म उक्त परामर्श चल्नेछ। छाला, कपाल तथा नङ  रोग विशेषज्ञ डा. कमल राज धिताल र (मेडिकल काउन्सेलर) कृतिष्मा अर्याल लगायतको टोलीद्वारा परामर्श दिइदैछ।

नेपालमै कपाल प्रत्यारोपण सेवा दिँदै आएको अरोगिनले विभिन्न समयमा यस्ता कार्यक्रम गर्ने गरेको छ । आफ्नै टाउकोको पछाडिको भाग अथवा दाह्रीबाट कपालको जरा निकालेर खुइलिएको ठाउँमा सार्ने प्रक्रियालाई प्रत्यारोपण भनिन्छ । रोपिएको कपाल प्राकृतिक रूपले बढ्छ र सामान्य कपाल जस्तै देखिन्छ।

विश्वमा अहिले ३ वटा प्रबिधिबाट कपाल प्रत्यारोपण गरिन्छ जसम फोलिक्युलर युनिट ट्रान्सप्लान्ट, फोलिक्युलर युनिट एक्सट्रयाक्सन र एडभान्स फोलिक्युलर युनिट एक्सट्रयाक्स हुन् । तीमध्ये अरोगिनले पछिल्लो प्रविधि एडभान्स फोलिक्युलर युनिट एक्सट्रयाक्सनबाट कपाल प्रत्यारोपण सेवा दिइरहेको छ।  

कपाल प्रत्यारोपण एक सामान्य प्रक्रिया रहेकाले अस्पताल भर्ना हुन नपर्ने डा  धिताल बताउँछन्।

कसले लिने परामर्श ?
–   तालु खुइलिएको तर पछाडिको भागमा बाक्लो कपाल भएको पुरुषहरुले
–   अगाडीको भाग एकदमनै पातलो देखिदै गएको महिलाहरुले
–   तन्नेरी अवस्थामा नै कपाल पातलो हँुदै गएको युवावर्गले
–  घाउचोट लागेर अथवा आगोले पोलेर बसेको दागमा कपाल रोप्न पर्नेहरुले

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने