बुटवल– आयुर्वेद क्षेत्रका विज्ञहरुले स्वस्थ जीवनका लागि 18 परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलले बुटवल क्षेत्रका स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले 18 व्यवस्थित बनाउन सुझाव दिएका हुन्। शनिबार भएको कार्यक्रममा आयुर्वेद क्षेत्रका विज्ञहरुले 18 व्यवस्थित गर्न सकिएमा रोगबाट बच्न सकिने भएकाले यसबारा समुदायमा बुझाउनुपर्ने बताए।
समुदायका बासिन्दालाई बुझाउन स्थानीय स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो कार्यक्रम गरिएको पतञ्जली योग समिति प्रदेश ५ का सदस्य तथा कार्यक्रम संयोजक विष्णुहरि आचार्यले बताए।
कार्यक्रममा बुटवल उप–महानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा रमेश केसीले बढ्दो शहरीकरण र अव्यवस्थित 18का कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर जस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्न अपनाउनुपर्ने 18बारे जानकारी गराएका थिए। उचित आहारविहार, व्यवहार र विचारले नसर्ने रोगबाट बच्न सकिने उनले बताए।
कार्यक्रममा सामुदायिक प्रकृतिक चिकित्सालय रजहरका प्रमुख डा विनोद पौडेलले निस्क्रिय 18ले विभिन्न रोग निम्त्याउने भन्दै स्वस्थ जीवन बिताउन आफैं सचेत हुनुपर्ने धारणा राखे।
औषधालयका वरिष्ठ अधिकृत कविराज गणेश सापकोटाले आयुर्वेद उपचार पद्दतिप्रति आकर्षण बढ्दो रहेको भन्दै यसको महत्वबारे अझ बढी चेतना विस्तारको खाँचो रहेको बताए।