समाचार

स्याङ्जा: प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

 

वालिङ, स्याङ्जा- स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। 

रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो। 

गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी १२ लाख सहयोग गरेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष राजु भण्डारीले बताए। 

स्याङ्जा परिवार दक्षिण कोरियाले यसअघि स्याङ्जा जिल्ला अस्पताललाई एम्बुलेन्स, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई भिडियो एक्स–रे मेसिन प्रदान गरिसकेको छ। 

दक्षिण कोरियाली भूमिमा पसिना बगाउने स्याङ्जावासीको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले विदेशी भूमिमा दुःख तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियामा ‘सहयोग घर’ स्थापना गरेको छ। संस्थाले कम्पनीमा काम गर्दा दुर्घटनामा परी अंगभंग हुने तथा मृत्यु भएका परिवारलाई सान्त्वनास्वरुप राहत प्रदान गर्दै आएको छ भने स्याङ्जाका विभिन्न भागमा विगतमा बाढीपहिरो, आगलागी तथा मिर्गौला पीडितका लागि आर्थिक सहयोग गर्दै आएको छ। रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने