विचार/ब्लग

बिरामी रिफर गर्दा अवकाश पाएका डाक्टरको प्रश्न : गम्भीर बिरामीलार्इ सही ठाउँमा उपचार गर्न पठाएर मैले के गल्ती गरें?

 डा आलोक राय

संजीवनी हस्पिटल एन्ड आइभीएफ सेन्टर विराटनगरमा गम्भीर अवस्थामा ल्याइएकी बिरामी ज्यान जोगाउन डा आलोक रायले तुरुन्तै उपचार हुन सक्ने अस्पतालमा रिफर गरे। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले रिफर गरेका थिए । जुन सरकारी मात्रै नभएर नेपालको पूर्वी भेगकै सुविधा सम्पन्न अस्पताल हो । तर, बिरामी रिफर गरिएको भन्दै अस्पताल प्रशासनले उनलार्इ अवकाश मात्रै दिएन, बिरामी राख्दा हुन सक्ने नाफा ५० हजार रुपैयाँ समेत जरिवाना गरायो । डा रायले उक्त घटनाको विवरण सामाजिक सञ्जालमा राख्दै आफूभन्दा वरिष्ठ चिकित्सक र सहकर्मीमाझ  'गम्भीर बिरामीलार्इ सही ठाउँमा उपचार गर्न पठाएर मैले के गल्ती गरें ?' आशयको प्रश्न राखेका छन् ।

अँग्रेजी भाषामा उनले राखेको उक्त भनार्इको नेपालीमा अनूदित विवरण यसप्रकार छ:

म डा. आलोक राय। म अहिले विराटनगरको संजीवनी हस्पिटलमा मेडिकल अफिसरको रुपमा कार्यरत छु। मेरो नाइट ड्युटी चलिरहेको थियो । त्यही बेला त्यो रात हेपाटेरोनियल सिन्ड्रोम भएका बिरामी आइन्।

जसलार्इ एसोफेजियल एनिमिया भएको थियो। हेमोग्लोबिनको मात्रा घटेर ३.३ प्रतिशत पुगेको थियो । बिरामीको खानानलीबाट एकदमै धेरै रक्तश्राव भइरहेको थियो।
ती बिरामीलाई 'ब्यान्डिङ' गर्नको लागि अर्कै अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेएचआइएस)मा रिफर गरिएको थियो तर एम्बुलेन्सले जबर्जस्ती हाम्रो अस्पतालमा ल्याएको रहेछ।

मैले बिरामीका आफन्तलाई 'उनी अचेत अवस्थामा छिन्, हाम्रो यहाँ ब्यान्डिङको सुविधा छैन' भनेँ। बिरामीका आफन्त सुविधासम्पन्न अस्पतालमा जान चाहिरहेका थिए। त्यसैले मैले उनीहरुलाई बिपिकेएचआइएसमै रिफर गरिदिएँ।

मैले जे गरें, जुन अरु डाक्टरहरुले पनि त्यही गर्थे। तर यही कारणले मलाई अस्पताल प्रशासनले अवकाश दिनुका साथै ५० हजार तिरायो । जुन ५० हजार रुपैयाँ अस्पतालले ती बिरामीबाट फाइदा  लिन सक्थ्यो।

मलाई सुझाव दिनुस्, मैले केही गल्ती गरें?

बिरामी रिफर गरेको भन्दै अस्पतालले दियो डाक्टरलाई अवकाश, तिरायो ५० हजार जरिवाना

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

PROF DR SR SHRESTHA लेख्नुहुन्छ भदौ २६, २०७५ मगलवार ०९:२६:२२
I SUPPORT DE ALOK HE DID WELL .NO DOUBT CHIEF GP AND EMERGENCY DEPARTMENT
Dr Harishankar Mandal लेख्नुहुन्छ साउन ३१, २०७५ बिहिवार १५:३९:०१
ramro garnu vayo dr saheb garne nai tyi ho ab jaha sama awakas r fine ko kura chh tiyo galat ho law ko Sahara linus
sumitpandey लेख्नुहुन्छ असार २७, २०७५ बिहिवार ०४:१७:३७
मैले सानै देखि सुनेको थिए कि चितिसक साब भगवान हुन्छ । किन कि हजुर हरु मा यो गुन हुन्छ बिरामी को जयान बचौने तपाईं को कर्तव्य थियोे र तपाईं ले गर्नु भो म तपाईं लाई हिर्देय ले सलाम गर्छु । म नेपाल सरकार संग आनुरोध गर्छु कि सरकार को नजर मा के यो काम उचित हो। जुन रुप मा देश चल्दै छ त्यहीँ रुप म आस्प्ताल पनि चल्ने भो। ५०हजार दण्ड अनउचित हो।
Nittam thakur लेख्नुहुन्छ असार २६, २०७५ मगलवार ०९:१०:१९
Bhaiya u did a great job if they fined u 50000 they re most ridiculous person in world they run business instead of running hospital they are live vampire who eat blood of patient's,those who fined u plz think twice u re also doctor and people have fully faith and believe on u Never play with felling of patient's because of patient's ur business is running so do one favor be a man not women

यसमा तपाइको मत




पढ्नै पर्ने