रुपन्देही- नेपाल फिजियोथेरापी संघ प्रदेश नम्बर ५ शाखामा नयाँ नेतृत्व चयन भएको छ। बुटवलका प्रदेशस्तरिय थेरापी सम्बन्धी कार्याशालासँगै भएको बृहत भेलाले जगदिश खनालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो।
भेलाले उपाध्यक्षमा हितेष न्योपाने (नेपालगञ्ज), सचिवमा मिलन केसी(रुपन्देही) र कोषाध्यक्षमा सन्जय पाण्डे (कपिलबस्तु) चयन गरेको छ।
यस्तै सदस्यहरुमा खेमा भण्डारी (नेपालगञ्ज), विना ज्ञवाली (रुपन्देही), सरोज पाण्डे (रुपन्देही), रोशनकुमार विक (दाङ), प्रेम नारायण तिवारी (पाल्पा), ओम प्रकाश चौधरी (नवलपरासी) र सुव्रत ठाकुर (दाङ) चयन भएका छन्।