चितवन– भरतपुर अस्पतालले आफ्ना कर्मचारीलाई स्वास्थ्य बिमा गर्न निर्देशन गरेको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम भरतपुर अस्पतालमा कार्यरत कर्मचारीमा पनि लागू गर्न खोजिएको हो।
अस्पतालले सरकारको स्वास्थ्य सेवा ऐन र अस्पताल प्रशासन नियमावली अनुसार आफ्ना कर्मचारी र तीनका परिवारलाइ उपचारमा छुटको ब्यवस्था गरेको छ । अस्पतालमा कार्यरचत कर्मचारीलाई ९० प्रतिशत र परिवारका सदस्यका लागि ५० प्रतिशत छुट दिने गरिएको छ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रविन खड्का कर्मचारीको सुविधानका लागि बिम ागर्न आग्रह गरिएको बताए। ‘नेपाल सरकारले ल्याएको बिमाको नीति लोकप्रिय र महत्वपूर्ण कार्यक्रम हो। यसमा सबै समाहित हुन जरुरी छ,’ डा. खड्काले भने ‘बिमा गरेपछि स्वयम् कर्मचारीलाई नै फाइदा हुने देखेपछि छुट भन्दा बिमामा पे्ररित गर्न खोजेका हौं ।’ डा खड्काका अनुसार सबै कर्मचारीलाई अनिवार्य बिमा गराउन अभिप्रेरित गरिनेछ।
कर्मचारीलाई दिने छुटबाट अस्पतालले ठूलो आर्थिक भार खेप्दै आएको छ । बिमा गरेपछि अस्पताल र बिरामी दुवैलाई आर्थिक भार कम हुने डा खड्काको आंकलन छ।
‘विमा रोकेर निःशुल्क खोज्दा अस्पताललाई भार प¥यो,’ लेखा अधिकृत हरिहर शर्मा तिवारीले भने ‘बिमा गरेपछि कर्मचारीले अझै बढी सुविधा पाउनेछन्।’
भरतपुर अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीसहित करिब ५ सय कर्मचारी छन्। तीमध्ये आधा भन्दा बढी अस्पताल विकास समिति अन्र्तगत काम गर्दै आएका छन्।