हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ।
खार्पुनाथ गाउँपालिकाका सबै वडाका बालबालिकाहरुलाई ११ प्रकारका खोपको सुनिचित गरेकोले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो।
अपाङता भएका आमाको बालबालिकाको हकमा घरमै पुगेर भएपनि खोप दिने जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जित कुमार यादवले प्रतिबद्धता जनाएका छन। उनका अनुसार यो गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका हो।