काठमाडौं- चिकित्सा शिक्षा विधेयक पेश गर्ने भनी सरकारले कार्यसूचीमा राखे पनि अन्तिममा सभामुख कृष्णबहादुर महराले हटाएका छन्। संसद्को शून्य र विशेष समय सम्पन्न भए लगत्तै सभामुख महराले उक्त कार्यसूचीमा रहेको २ देखि ४ सम्मका कार्यक्रम हटाइएको जानकारी संसद्लाई गराए।
कार्यसूचीमा २ नम्बरमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने सरकारको निर्णयमाथि नेपाली कांग्रेसका तर्फबाट गगन थापाले दर्ता गराएको विरोधको सूचना रहेको थियो। थापाको उक्त सूचना निर्णायर्थ पेश गरेपछि मात्र तेस्रो नम्बरमा विधेयक शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसद् समक्ष टेवल गर्ने उल्लेख थियो। उक्त विधेयक पेश गरेमा मान्य नहुने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले चेतावनी दिँदै आएको छ।
यसअघि जारी भएको अध्यादेश अनुरुपको विधेयक ल्याउनुपर्ने माग गर्दै कांग्रेसले विरोध गर्दै आएको छ। अध्यादेश जारी हुदाँ जुम्लामा असनरत डा गोविन्द केसीको सहमति लिइएको थियो।
तर, उक्त अध्यादेश विपरीत विधेयक दर्ता भएपछि विरोध हुँदै आएको छ। प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्नेछ।