मुख्य समाचार

कैलाश मानसरोवरको यात्रामा ८ तिर्थालुको मृत्यु, यसको कारण के ?

 कृष्ण अधिकारी

नेपालगन्ज– स्वास्थ्य सतर्कता नअपनाउँदा कैलाश मानसरोवरको दर्शन तथा परिक्रमामा जाने तिर्थ यात्रुहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ।

यो वर्ष नेपाल हुँदै चिनको तिब्बतस्थित कैलाश मान सरोवरको  दर्शन तथा परिक्रमामा गएका करिब ६ हजार ५ सय  तिर्थयात्रीहरु मध्ये  ८ जनाको मृत्यु भइसकेको छ ।  समुद्र सतहदेखि करिब ५ हजार मिटरको उचाईमा पुगेको अवस्थामा स्वास्थ्य समस्या उत्पन्न भई उपचारका लागि अस्पताल पु¥याउने क्रममा ती तिर्थ यात्रीहरुको मृत्यु भएको हो ।  मृत्यु हुने मध्ये अधिकांशको उमेर करिब ६५ देखि ६८ बर्ष रहेको छ।

अधिकांश तिर्थ यात्रुहरुमा मानसरोवर, यमद्वार र डेरापुकमा स्वास्थ्य समस्या देखिने गरेको छ।

मानसरोवर  समुद्री सतहबाट  ४ हजार ५ सय ९० मिटरको उचाईमा  पर्छ । त्यसै गरी  यमद्वार ४ हजार ७ सय ३० मिटरमा उचाईमा पर्छ । मानसरोवर र यमद्वार क्षेत्रमा स्वास्थ्य समस्या देखिमा तत्काल उपचारका लागि अस्पताल पु¥याउनका लागि सवारीका साधनहरु उपलब्ध हुने भए पनि डेरापुक समुद्री सतहबाट  ५ हजार ६० मिटरको उचाईमा  पर्छ । डेरापुकमा स्वास्थ्य समस्या देखिएमा दार्चेनबाट एम्बुलेन्स बोलाउनु पर्ने, एम्बुलेन्स नै डेरापुकमा आएर अस्पताल सम्म पु¥याउँदा घन्टौं लाग्ने भएका कारण बिरामीहरुको बाटैमा मृत्यु हुने गरेको जानकारहरु बताउँछन्।

डेरापुकबाट डोल्मा हाइट ५ हजार ५ सय ३६ मिटरको उचाईमा पर्छ । डेरापुकबाट करिब ५ किलोमिटर उकालो चढेर जानु पर्ने भएका कारण डोल्मा हाइटमा पुग्दा अधिकांश तिर्थ यात्रीहरु थाकेका हन्छन । कैलाश परिक्रमा गर्दा पुग्नुपर्ने सबै भन्दा अग्लो स्थान डोल्मा हाइट हो । त्यहाँ पुग्दा  सास फेर्ने गाह्रो हुन साथ यात्रुहरुलाई  अक्सिजन दिने गरिन्छ।

समुद्री सतहबाट  ४/५ सय मिटरको उचाईमा लामो समयदेखि बसोबास गर्ने मानिसहरु एकैपटक ४/५ हजार मिटरको उचाईमा पुग्दा श्वास फेर्न गाहे हुने, टाउको दुख्ने, चक्कर आउने र बेहोस हुने जस्ता स्वास्थ्य समस्याहरु देखिने र समयमै राम्रो उपचार नपाउँदा  मृत्यु हुने गरेको चिकित्सकहरुले बताएका छन्।

समुद्री सतहबाट  ४÷५ सय मिटरको उचाईमा बस्ने एउटा स्वस्थ मानिसलाई पनि ४ हजार मिटर भन्दा माथिल्लो क्षेत्रमा पुग्दा श्वास फेर्न  गाहे हुने, टाउको दुख्ने , चक्कर आउने र बहोस हुने जस्ता समस्या देखिन सक्ने भेरी अञ्चल अस्पताल नेपालगन्जमा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताए ।

 त्यस्तो अबस्थामा एक दिनमा एक हजार मिटर भन्दा माथिल्लो क्षेत्रमा जानु  नहुने, एक हजार मिटर उचाई चड्ना साथ त्यहि  क्षेत्रमा आराम गरेर बस्ने र त्यहाँको वातावरणमा आफुलाई घुलमिल गराउने गर्नुपर्छ । त्यस्तो अवस्थामा मुटु र दमका बिरामीहरुले बिशेष साबधानी अपनाउनु पर्ने डा पाण्डे बताउँछन्।

भारतका बिभिन्न प्रादेशिक सरकारहरुले कैलाश मानसरोवरको यात्रा गर्न चाहाने सरकारी कर्मचारी तथा सर्व साधारणहरुलाई वर्षेनी  आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । सरकारको आर्थिक सहयोगमा   कैलाश मानसरोवरको तिर्थ यात्रामा जाने भारतीय तिर्थ यात्रुले दिल्ली हार्ट एन्ड लंग इस्ष्टिच्युट तथा आईटीबीपी अस्पतालमा स्वास्थ्य परिक्षण गराई तिर्थ यात्रामा जानका लागि फिट  भए÷नभएको एकिन गराउँछन् । फिट रहेको स्वास्थ्य प्रमाण पत्र बनाउनु पर्ने कानुनी ब्यबस्था भएको तिब्बतको ताक्लाकोटमा भेटिएका भारत छत्तिसगढका तिर्थ यात्री वसन्त कुमारले बताए।

तर सरकारी कोटा बाहेक आफ्नै खर्चमा प्राइभेट ट्राभल एजेन्सीहरुबाट यात्रामा जाने यात्रुहरुले स्वास्थ्य परीक्षण नगरी कैलाश मानसरोवरको तिर्थ यात्रामा जाने गरेका छन्।

तिर्थ यात्रीहरुले  आफुले खाने गरेका नियमित औषधीहरु नछुटाई खानुका साथै प्रशस्त मात्रामा पानी पिउनु पर्ने डाक्टरहरु बताउँछन्।

तर केहि तीर्थ यात्रुहरुले नियमति खाने औषधी पनि यात्राका क्रममा नखाने, पानी कम पिउने र बिहानै चिसोमा चिसो पानीले नुहाउने गरेका कारण स्वास्थ्य समस्याहरु देखिने गरेको  एक ट्राभल्स गाइडले बताए।

कैलाशको यात्रा सुरु गर्नु भन्दा तीन दिन पहिले देखि नै  केही विशेष औषधीहरु खाने, अक्सिजनको मात्रा र पल्सहरुको अवस्था चेकजाँच गराउन जरुरी रहेको डा पाण्डे बताउँछन् ।  औषधि खाँदा पनि गाह्रो भएमा  तत्कालै आफू रहेको स्थानमाबाट तल्लो क्षेत्रमा झरेर आराम  गर्न उनी सुझाउँछन्।

उच्च हिमाली तथा पहाडि क्षेत्रमा चिसो बढी हुने भएकाले न्यानो कपडा लगाउनु पर्छ ।  चिसो पानीमा नुहाउनु हुँदैन । नुहाउनु नै पर्ने भएका तातो पानीले नहाउन डाक्टरहरु सल्लाह दिन्छन्।

 जसको यस वर्ष मृत्यु भयो
१) लाल रोशन  उमेर ६२ बर्ष  जेठ १० गते  
२ ) प्रशोक्तम प्रभाकरण ६९ बर्ष जेठ २३ गते
३) त्रिवेनी अग्रवाल ६९ बर्ष जेठ ३०
४) स्वामी रामानन्दपुरी महामणडेश्वर ४५ बर्ष असार ४
५) सिन सवरवाल ६८ बर्ष असार १२
६) भिनिता संजय खेडेकर  ६८ बर्ष असार १७
७) लिला नारायण मन्डरदत्त ५६ बर्ष असार १८
८) नारायण सुब्बा रोय ६४ बर्ष असार १८
स्रोत:  सिमकोट विमानस्थल सुरक्षा पोष्ट

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने