काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता एवम् पूर्व राज्यमन्त्री मुस्ताक आलमलाई हृदयघात भएको छ। बिहीबार हृदयघात भएपछि उनलाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज उपचाररत आलमको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।
प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
परिवारका सदस्यहरुलाई पनि आस्वस्त रहन प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आलमको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहटको क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट उम्मेद्वार थिए।