काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै अामरण अनसनमा बसेका डा गोविन्द केसीलाई साथ दिँदै केसीको जीवनरक्षाका लागि सरकारलार्इ दबाब दिन माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ।
प्रदर्शनसहितको र्याली बानेश्वर पुगेको छ। डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत र्यालीमा साथ दिएका हुन्। सर्वसाधारणको पनि ठूलो उपस्थिति छ।
डा केसी १६ गतेदेखि जुम्लामा आमरण अनसनमा छन्।