चितवन– माडी नगरपालिका वडा नम्बर ७ चितवन जिल्लाकै पहिलो संस्थागत सुत्केरीयुक्त वडा घोषणा भएको छ ।
माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा आज भएको सो कार्यक्रमवाट संस्थागत सुत्केरीयुक्त वडा घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले महिला स्वंयसेविकाको उच्च सम्मान गर्दै आगामी दिनमा स्वास्थ्यकर्मीहरुले निरन्तर स्वास्थ्य क्षेत्रमा सुधार गर्न आग्रह गरे।
सोही कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले संस्थागत सुत्केरीयुक्त वडा घोषणाको प्रशंसा गर्दै पुर्ण सुरक्षित मातृत्व घोषणाका लागि अगाडि बढ्न प्रेरित गरे।
माडी नगरपालिका जनस्वास्थ्य शाखाले सो कार्यक्रमको लागि लागत तथा कार्यशाला यही असार १२, १३ र १४ मा सम्पन्न गरेको थियो।
माडी नगरपालिका ७ मा १ हजार १ सय ६२ घरधुरी सर्वेक्षणमा ७८ जना सुत्केरीहरुको स्वास्थ्य संस्थामा भएको भेटिएको थियो।