चितवन- नेपाल नेत्रज्योति संघ चितवन शाखाको आइतबार सम्पन्न २० औँ वार्षिक साधारणसभा एवं अधिवेशनले कृष्णराज धरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको सदस्यमा जयराम श्रेष्ठ, डा उन्नत श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का, शान्तकुमार पिया छन्। यस्तै ऋषिराम पौडेल, केशवप्रसाद अधिकारी, नवराज सापकोटा, सिद्धार्थलाल चुके, केशव देवकोटा, कस्तुरी श्रेष्ठ, प्रेमप्रभा क्षेत्री, दिनेश खनाललाई सर्वसहमत चयन गरेको छ ।
समितिको आइतबारै बसेको पहिलो बैठकले चिरञ्जीवी सुवेदी, सुधा जोशी र नारायणप्रसाद अधिकारीलाई सदस्यमा मनोनीत गरेको छ । समितिका निर्वतमान सभापति चिजकुमार मास्के र वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी पदेन सदस्य रहने व्यवस्था रहेको छ । संघले भरतपुरमा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ । रासस